Skip to main content

Posts

Showing posts with the label illam

इलाममा ८ देशका १५ चिया व्यापारी

इलाम – २०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो। आफूले उत्पादन गरेको हरियो चियापत्ती कहिले सीमा जोडिएको भारतीय बजार र कहिले इलामको सोक्तिम पुर्‍याएको देखेका गाउँलेले उनलाई ‘यसले चिया रोपेर नदुखेको टाउको दुखायो’ पनि भने । त्यतिबेलाको चिया व्यापार सम्झिँदा उनलाई लाग्छ–अहिलेजस्तो तेस्रो मुलुकका व्यापारी आँगनमै आएर चिया किनेर लैजान्छन् भन्ने त कल्पना नै थिएन। तर, उनले हरेस खाएनन्, चिया खेती विस्तार गर्दै अहिले साढे ४ सय रोपनी पुर्‍याएका छन् । उनको चिया अर्गानिक प्रमाणीकरणको प्रक्रियामा पुग्दा नेपालका मात्र होइन, तेस्रो मुलुकका व्यापारीसमेत चिया किन्न घरमै आएपछि उनी खुसीले गद्गद् छन् । ‘तेस्रो मुलुकमा चिया बेच्ने प्रक्रिया झन्झटिलो छ तर क्रेताको भने अब खाँचो छैन,’ उनले भने, ‘गुणस्तर कायम गर्न सकियो भने चियामा व्यापारीको आकर्षण आफैं हुनेरहेछ।’  सूर्याेदय नगरपालिकाका साना किसान र उद्योगीले उत्पादन गरेको चिया ‘टेस्ट’ गर्न सोमबार ८ देशका १५ विदेशी व्यापारी, चियाविज्ञ श्रीअन्तु आएका छन् । उनीहरूले यहाँका किसानले कोठेब...