Skip to main content

इलाममा ८ देशका १५ चिया व्यापारी

इलाम – २०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।

आफूले उत्पादन गरेको हरियो चियापत्ती कहिले सीमा जोडिएको भारतीय बजार र कहिले इलामको सोक्तिम पुर्‍याएको देखेका गाउँलेले उनलाई ‘यसले चिया रोपेर नदुखेको टाउको दुखायो’ पनि भने । त्यतिबेलाको चिया व्यापार सम्झिँदा उनलाई लाग्छ–अहिलेजस्तो तेस्रो मुलुकका व्यापारी आँगनमै आएर चिया किनेर लैजान्छन् भन्ने त कल्पना नै थिएन।

तर, उनले हरेस खाएनन्, चिया खेती विस्तार गर्दै अहिले साढे ४ सय रोपनी पुर्‍याएका छन् । उनको चिया अर्गानिक प्रमाणीकरणको प्रक्रियामा पुग्दा नेपालका मात्र होइन, तेस्रो मुलुकका व्यापारीसमेत चिया किन्न घरमै आएपछि उनी खुसीले गद्गद् छन् । ‘तेस्रो मुलुकमा चिया बेच्ने प्रक्रिया झन्झटिलो छ तर क्रेताको भने अब खाँचो छैन,’ उनले भने, ‘गुणस्तर कायम गर्न सकियो भने चियामा व्यापारीको आकर्षण आफैं हुनेरहेछ।’



 सूर्याेदय नगरपालिकाका साना किसान र उद्योगीले उत्पादन गरेको चिया ‘टेस्ट’ गर्न सोमबार ८ देशका १५ विदेशी व्यापारी, चियाविज्ञ श्रीअन्तु आएका छन् । उनीहरूले यहाँका किसानले कोठेबारीमा लगाएको अर्गानिक चियाको गुणस्तर जाँच गरे । प्रत्येक साना कारखानाका बेग्लाबेग्लै उत्पादनको नमुना प्रत्येक व्यापारीले ‘टेस्ट’ गरे । उनीहरूले नमुना राखिएकामध्ये अधिक तर कारखानाका उत्पादन मन पराए र चिया किसान तथा उद्यमीसँग चियाको ‘अर्डर’समेत गरे।

 सूर्याेदय नगरपालिकाका साना किसानले उत्पादन गरेको चियाको गुणस्तर जाँच्न अस्ट्रेलिया, चीन, जापान, युके, क्यानडा, जर्मनी र डेनमार्कलगायत मुलुकका व्यापारीको समूह नै आएको हो । अस्ट्रेलियाबाट आएका चिया व्यापारी नेजिन जोन्सोनले यहाँका केही उद्योगको चिया उच्च गुणस्तरको पाएको बताए ।

‘अहिले हामी चियाको गुणस्तर जाँच प्रक्रियामै छौं, केही साना उद्योगीले उत्पादन गरेको चिया निकै मीठो र बासनादार रहेछ,’ उनले भने, ‘ग्रिन टी र ब्ल्याक टी को गुणस्तर लेभल मन परेको छ, यहाँबाट कति चिया लैजाने भन्ने चाहिँ आफ्नो देश पुगेर खबर गर्छु ।’ पाँच वर्षदेखि नेपालको चिया अस्टेलिया लगायतका मुलुक पुर्‍याएर बेचिरहेकी व्यापारी सायन जोन्सोनले पनि साना किसानले सानो फर्ममा उत्पादन गरेको चियाको गुणस्तर राम्रो पाएको प्रतिक्रिया दिइन् ।

‘साना किसानले घरबारीमै उत्पादन गरेको चियाको गुणस्तर अति राम्रो रहेछ,’ उनले भनिन्, ‘फर्किंदा यहाँबाट चिया लिएरै जान मन लागेको छ, यो चियाको विश्व बजारमा सम्भावना पनि राम्रो छ ।’ चियाको स्वाद चाखेका अन्य व्यापारीले पनि आफूले यहाँको चिया खरिद गरेर लैजानेबारे किसान र उद्योगीसँग छलफल गर्ने बताए । तेस्रो मुलुकका व्यापारी घर–गाउँमै आएर चिया खरिद गर्ने भएपछि किसान र उद्यमी पनि निकै खुसी देखिएका छन् । साना किसानका प्रतिनिधि सोनाम लामाले अहिले आएका व्यापारीले यहाँको चियाको मूल्यशृंखला र व्यापारमा एक कदम अघि बढ्नेगरी प्रवर्द्धन गरिदिने आशा रहेको बताए।

‘पहिला ८ देखि १४ रुपैयाँ प्रतिकिलो हरियो पत्ती बेच्न पनि निकै समस्या थियो,’ उनले भने, ‘साना किसानले नै खोलेका हाते उद्योगको संख्या अहिले नेपालमा १ सय ५ पुगेको छ, यी उद्योगले उत्पादन गरेको चिया अन्तर्राष्ट्रिय बजारले स्वीकार्नु नै गर्वको कुरा हो ।’ उनले तेस्रो मुलुकमा तयारी चिया बिक्री भएकै कारण अहिले हरियो चियाको भाउ पनि राम्रो हुँदै गएको बताए। दार्जिलिङको ४ प्रतिशत स्पेशल अर्गानिक चिया आफैं किनिरहेका जापानी व्यापार संस्था लिफफुल कर्पाेरेसनका यमदा सानसमेत यही टोलीमा आएकाले उनीहरूले यहाँको चिया मन पराए ठूलो परिमाणमा खरिद गर्न सक्ने उनले बताए।

टोलीमा आएका डेस्सन एन्ड बाल्क पनि बर्सेनि करिब ४० हजार किलो नेपाली चिया किनिरहेको जर्मनीको टी स्वेडर कम्पनीकै प्रतिस्पर्धी कम्पनीका प्रतिनिधि हुन्। लामाले यहाँको उच्च गुणस्तरको चिया यो टोलीले ठूलै परिमाणमा लैजाने सम्भावना रहेको उनले बताए । ‘डेनमार्क, क्यानडालगायत देशका चिया व्यापार कम्पनीका प्रसिडेन्ट नै यो टोलीमा आएका छन्,’ लामाले भने, ‘काठमाडौं आएका २८ र श्रीअन्तु आएका १५ व्यापारीमध्ये ६० प्रतिशतभन्दा बढी चाहिँ नेपाली चिया खरिद गर्नकै लागि आएका हुन्।’



 विदेशी व्यापारीहरू सूर्याेदय नगरपालिकाका विभिन्न चिया उद्योग र किसानसँग पुगेर उत्पादन प्रक्रिया अवलोकन गर्ने कार्यक्रम रहेको अगुवा चिया किसान तथा उद्यमी अविनन्द गिरीले जनाए । ‘सधैं ठूला उद्योगीको उद्योगमा मात्र आउने विदेशी व्यापारी साना तर उच्च गुणस्तरीय चिया उद्यमी कहाँ आउनुले व्यापारको सम्भावना बढेको देखाउँछ,’ उनले भने, ‘साना किसान र उद्यमीलाई चियामा गुणस्तर कायम राख्दै राम्रो मूल्यमा बेच्न हौसला पुग्छ।’ सूर्याेदय नगरपालिकामा मात्रै ८ हजार किसान चियाखेतीमा आबद्ध रहेको नगरपालिकाले जनाएको छ ।

मेयर रणबहादुर राईले यहाँका बगानमा ९ र ५२ उद्योगमा ६ खालको तयारी चिया उत्पादन भइरहेको बताए । ‘यहाँको चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउने नगरपालिकाको कार्यक्रम नै छ,’ उनले भने, ‘जनप्रतिनिधि, सहकारी र किसानको समन्वयमा हामी चियाको गुणस्तर उच्च बनाउने छौं, तेस्रो मुलुकका व्यापारीले हाम्रो चिया विश्वभर चिनाउन सहयोग गर्नेछन्।’

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बर्सेनि बढिरहेको छ । केही दिनअघि चिनियाँ राजदूत यु होङसमेत इलामका कारखाना आएर नेपाली चियाको बजार सम्भाव्यता अध्ययन गरेकी थिइन् । चियाको फस्र्ट फ्लस (पहिलो टिपाइ) चलिरहेकाले विश्वका नामी चिया व्यापारी अहिले यहाँका कारखानामा चिया खरिद गर्न आइरहेका हुन् । चिया उद्योगीका अनुसार यहाँको अर्गानिक अर्थाेडक्स चिया तेस्रो मुलुकका व्यापारीले जति माग गरिरहेका छन्, त्यसको एकतिहाई पुर्‍याउन पनि धौधौ छ ।

Comments

Popular posts from this blog

सिरियामा रासायनिक हमला, ७० को मृत्यु

गुटा– सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ। राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ। डोमा विद्रोहीको कब्जामा रहेको एकमात्र सहर हो। सिरियाको एक स्वयंसेवी संस्था द वाइड हेलमेट्सले ट्वीटर मार्फत यो घटनाका केही तस्बिरहरू सार्वजनिक गरेको छ। संस्थाले मृतकको संख्या बढ्न सक्ने बताएको छ। यद्यपी सिरियाली सरकारले भने रासायनिक हमला नगरेको प्रतिक्रिया दिएको छ। सिरियाले रासायनिक हमला गरेको भन्ने खबरलाई झुटो भनेको छ। अमेरिकी विदेश मन्त्रालयले भने रासायनिक हमलाबारे निगरानी गरिरहेको बताएको छ। अमेरिकाले सिरिया सरकारका तर्फबाट रुसले विद्रोहीविरुद्ध लडिरहेको भन्दै रुसले घटना घटाएको भए जिम्मेवारी लिनुपर्ने जनाएको छ।

डीआइजी रमेश खरेलले राजीनामा दिएपछी

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन्। प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल  सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट थिए। असन्तुष्टिका बीच उनले बुधबार गृहमन्त्रालयमा राजीनामा बुझाएका हुन्। 'मैले अलग्गिने निर्णय गरेँ', उनले अन्नपूर्णसँग भने, 'अब प्रक्रियामा जाला।' उनले फेसबुकमा लेखेका छन्- नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल ! मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो। नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआइजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्। ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए। यो ...

TOP 5 MOVIES BASED ON VIOLENCE AGAINST WOMEN

A lot of incidents where girls of all age are physically, psychologically and sexually abused disturbed me for some days and I came with an idea to point out top 5 movies based on women violence with a motto that these movies will change the mentality of some corrupted people and will give the victims a new hope to live again. Here is my top 5 list. 1.         THE  COLOR PURPLE (1985) The Purple Color follows the life of 14 years old Celie giving birth to her second child fathered by her own father whom later we find out is her step-father.   Her step-father takes her second child away from her and threatens her never to tell anyone about it. As the time passes a local farmer, Mister comes by to marry Celie’s younger sister, Nettie. Her father refuses to give Nettie to the Mister and gives the man Celie instead. Mister verbally, physically and sexually abuses Celie and when her sister Nittie comes to meet her Mister even tries to have sex wi...