Skip to main content

सिरियामा रासायनिक हमला, ७० को मृत्यु

गुटा– सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ।

राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ।

डोमा विद्रोहीको कब्जामा रहेको एकमात्र सहर हो। सिरियाको एक स्वयंसेवी संस्था द वाइड हेलमेट्सले ट्वीटर मार्फत यो घटनाका केही तस्बिरहरू सार्वजनिक गरेको छ। संस्थाले मृतकको संख्या बढ्न सक्ने बताएको छ।

यद्यपी सिरियाली सरकारले भने रासायनिक हमला नगरेको प्रतिक्रिया दिएको छ। सिरियाले रासायनिक हमला गरेको भन्ने खबरलाई झुटो भनेको छ।

अमेरिकी विदेश मन्त्रालयले भने रासायनिक हमलाबारे निगरानी गरिरहेको बताएको छ। अमेरिकाले सिरिया सरकारका तर्फबाट रुसले विद्रोहीविरुद्ध लडिरहेको भन्दै रुसले घटना घटाएको भए जिम्मेवारी लिनुपर्ने जनाएको छ।

Comments