Skip to main content

अर्चना पनेरुको श्रीमान कण्डम र लागु औषद संग समातिए


काठमाडौं । पोर्नस्टार अर्चना पनेरुको श्रीमान ओल्फ प्राइस अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बुधबार राजधानीको बलम्बुस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । 

२०० ग्राम गाँजासहित पक्राउ परेका प्राइसको साथबाट ठूलो मात्रामा ६० पकेट कण्डम र उत्तेजित बनाउने औषधी पनि प्रहरीले बरामद गरेको महानगरीय प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए । 

त्यस्तै प्राइस बस्दै आएको घरबाट १२ वर्षीय २ बालकलाई पनि प्रहरीले उद्दार गरेको एसएसपी पोखरेलले जानकारी दिए । उद्दार गरिएको दुई बच्चा चितवनको खैरहनीबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

अवैध रुपमा बच्चा ल्याएर राख्ने गरेको भन्दै तीनथानामा रहेको बाल हेल्पलाइनले पनि किन ल्याएको भन्दै अनुसन्धान सुरु गरेको छ । प्रहरीले प्राइसमाथि लागुऔषध मुद्दा दर्ता गरी थप छानबिन गरिरहेको बताएको छ । 

Comments